Aug 24, 2026 03:51 AM Asia/Kathmandu
ہمیں فالو کریں:
उलमा फाउंडेशन नेपाल द्वारा १५०१औँ मोहम्मद जन्मोत्सवको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न*

उलमा फाउंडेशन नेपाल द्वारा १५०१औँ मोहम्मद जन्मोत्सवको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न*

उलमा फाउंडेशन नेपाल द्वारा १५०१औँ मोहम्मद जन्मोत्सवको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न*

परासी ।

 १५०१औँ मोहम्मद जन्मोत्सव (मिलादुन्नबी ) को पावन अवसरमा उलमा फाउन्डेसन नेपालको आयोजनामा आज जामिया फैजाने अहलेबैत, परासीमा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक विद्वान्, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले धार्मिक सद्भाव, सामाजिक एकता, आपसी भाइचारा तथा मानव सेवाको सन्देश दिएको आयोजकले जनाएको छ। कार्यक्रमको अध्यक्षता हजरत मौलाना मोहर्रम अली साहब निजामी, केन्द्रीय सदस्य, उलमा फाउन्डेसन नेपालले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा माननीय सांसद नरेन्द्र कुमार गुप्ता ज्यू र माननीय विधायक बैजनाथ जायसवाल ज्यूको उपस्थिति रहेको थियो।

 

त्यसैगरी कार्यक्रममा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, उलमा फाउंडेशन नेपाल का केन्द्रीय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मजहरी ज्यु ,जिल्ला समन्वय समितिका पूर्व प्रमुख शिवशंकर प्रसाद राय, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, पाल्हीनन्दन गाउँपालिकाका गाउँपालिका अध्यक्ष पदका प्रत्याशी आफताब आलम उर्फ मुन्ना अन्सारी, मदरसा मस्जिद कब्रिस्तान संरक्षण संस्था को जिला अध्यक्ष समाजसेवी अमीरुल्लाह मियाँ समाजसेवी कासिद अली लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा धार्मिक विद्वान्हरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। हजरत मौलाना सबरे आलम अली साहब, हजरत मौलाना उमर निजामी साहब, हजरत मौलाना सिराज अहमद साहब, हजरत मौलाना जहिर साहब, हजरत मौलाना शहादत साहब, हजरत मौलाना नूर आलम साहब, हजरत मौलाना सैयद सद्दाम हुसैन साहब, हजरत मौलाना जैनुल आबेदीन साहब, हजरत मौलाना बदरुद्दीन साहब, हजरत मौलाना अख्तर साहब, हजरत मौलाना इरशाद साहब, हजरत मौलाना ताजुद्दीन साहब हजरत मौलाना मुफ्ती अर्शद साहब तथा हजरत मौलाना अलाउद्दीन साहबलगायत उलमा तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पैगम्बर हजरत मोहम्मद मुस्तफा ﷺ को जीवन, उहाँले दिनुभएको शान्ति, प्रेम, मानवता, सद्भाव, भाइचारा, न्याय र नैतिकताको सन्देश आजको समाजका लागि झनै महत्वपूर्ण रहेको बताएका थिए। वक्ताहरूले मिलादुन्नबीको अवसर केवल शुभकामना आदान–प्रदानमा सीमित नराखी पैगम्बर को शिक्षा र आदर्शलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।

उहाँहरूले नेपालजस्तो बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मुलुकमा धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक सद्भाव कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।

कार्यक्रममा सहभागी अतिथिहरूले १५०१औँ मोहम्मद जन्मोत्सवको अवसरमा सम्पूर्ण मुस्लिम समुदाय तथा नेपाली जनतामा शुभकामना व्यक्त गर्दै देशमा शान्ति, समृद्धि, आपसी एकता र सद्भाव कायम रहोस् भन्ने कामना गरेका थिए।

उलमा फाउन्डेसन नेपालले आयोजना गरेको उक्त कार्यक्रमले धार्मिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउँदै आपसी सम्बन्ध, भाइचारा र सद्भावलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजक पक्षले जनाएको छ।

कार्यक्रमको समापनमा उपस्थित सम्पूर्ण अतिथि, उलमा, समाजसेवी तथा सहभागीहरूलाई आयोजक उलमा फाउन्डेसन नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो।

Abdul Jabbar Alimi

عبدالجبار علیمی نیپالی۔

چیف ایڈیٹر (9701714929) (8795979383)