Sep 1, 2026 10:54 AM Asia/Kathmandu
ہمیں فالو کریں:
नेपालका विभिन्न पहाडी क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको विनाशका दृश्यहरू हेर्दा मन थाम्न

नेपालका विभिन्न पहाडी क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको विनाशका दृश्यहरू हेर्दा मन थाम्न

31 Aug 2026
1 min read

नेपालका विभिन्न पहाडी क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको विनाशका दृश्यहरू हेर्दा मन थाम्न गाह्रो भइरहेको छ।

कसैको घर बगेको छ, कसैको सम्पत्ति उजाडिएको छ, कसैले आफ्ना प्रियजन गुमाएका छन्—कति परिवार आज सहारा र सहयोगको प्रतीक्षामा छन्।

हरेक भिडियो हेर्दा मन भारी हुन्छ, मुटु बेचैन हुन्छ र एउटै कुरा मनमा आउँछ—हामीले आफ्ना पीडित नेपालीहरूका लागि अब के गर्न सक्छौँ?

त्यसैले आज विशेषगरी मधेशका दाजुभाइ तथा दिदीबहिनीहरूसँग हृदयदेखि अपील गर्छु। आज तपाईंहरू तुलनात्मक रूपमा सुरक्षित हुनुहुन्छ।

त्यसैले आफ्नो वरिपरि सुरक्षित रहेको हातलाई नेपालका दुःखमा परेका परिवारसम्म पुर्‍याऔँ।

यो कसैको क्षेत्रको पीडा होइन—यो हाम्रो साझा घर नेपालको पीडा हो। एक मुट्ठी सहयोग, एक दिनको कमाइ, एउटा परिवारको साथ— कसैका लागि त्यही नै आज बाँच्ने आशा बन्न सक्छ। आउनुहोस्, जात–धर्म, क्षेत्र र विचारभन्दा माथि उठौँ। पीडामा परेका नेपालीको हात समाऔँ, उनीहरूलाई एक्लो नछोडौँ। आज हामीले दिएको साथ केवल सहयोग होइन— यो नेपाली हुनुको अर्थ हो।

 Aslam Khan

Abdul Jabbar Alimi

عبدالجبار علیمی نیپالی۔

چیف ایڈیٹر (9701714929) (8795979383)