Jul 24, 2026 03:52 AM Asia/Kathmandu
ہمیں فالو کریں:
नेपाल उद्योग वाणिज्य संघ, नवलपरासीको सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएका श्री राजु देवानज्यूलाई

नेपाल उद्योग वाणिज्य संघ, नवलपरासीको सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएका श्री राजु देवानज्यूलाई

21 Jul 2026
1 min read

नेपाल उद्योग वाणिज्य संघ, नवलपरासीको सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएका श्री राजु देवानज्यूलाई हार्दिक बधाई तथा शुभकामना 

नेपाल उद्योग वाणिज्य संघ, नवलपरासीको सदस्य पदमा श्री राजु देवानज्यू निर्विरोध निर्वाचित हुनु भएकोमा मौलाना सैयद गुलाम हुसैन मजहरी, केन्द्रीय अध्यक्ष, उलमा फाउन्डेशन नेपालले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। बधाई सन्देशमा मौलाना सैयद गुलाम हुसैन मजहरीले भन्नुभएको छ कि राजु देवानज्यूको निर्विरोध निर्वाचन उहाँको इमानदार नेतृत्व, व्यवसायी समुदायप्रतिको समर्पण तथा सामाजिक सक्रियताको सम्मान हो। उहाँले आगामी कार्यकालमा उद्योग, व्यापार तथा उद्यमी–व्यवसायीहरूको हकहितको संरक्षण गर्दै नवलपरासीको आर्थिक समृद्धि, लगानी प्रवर्द्धन तथा समग्र विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्नुभयो। उहाँले राजु देवानज्यूको सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु, निरन्तर प्रगति र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ।

 – मौलाना सैयद गुलाम हुसैन मजहरी

 केन्द्रीय अध्यक्ष उलमा फाउन्डेशन नेपाल

Abdul Jabbar Alimi

عبدالجبار علیمی نیپالی۔

چیف ایڈیٹر نیپال اردو ٹائمز (9701714929) (8795979383)