महोत्तरीको बलवामाजुलुश–ए–मोहम्मदी कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न।
आशिक हुसैन शेख महोत्तरी ।
पैगम्बर हजरत मोहम्मद ﷺ को जन्मजयन्तीको पावन अवसरमा आज बलवा नगरपालिका–९, अधयानपुर मोहल्लाबाट सुरु भएको जुलुश–ए–मोहम्मदी कार्यक्रम शान्तिपूर्ण तथा धार्मिक वातावरणमा सम्पन्न भएको छ। जुलुश बलवा नगरपालिका–९ अधयनपुर मोहल्लाबाट सुरु भई विभिन्न स्थान हुँदै बलवा नगरपालिका–११ स्थित रौजा मजारमा पुगेर विशेष कार्यक्रमसहित सम्पन्न भएको हो। जुलुशमा मुस्लिम धर्मावलम्बीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
जुलुशमा सहभागीहरूले पैगम्बर हजरत मोहम्मद ﷺ को शान्ति, प्रेम, सद्भाव, भाइचारा तथा मानवताको सन्देशलाई आत्मसात् गर्दै धार्मिक तथा सामाजिक एकताको सन्देश दिएका थिए। ईद मिलादुन्नबी ﷺ को अवसरमा नेपाल सरकार, गृह मन्त्रालय तथा मधेश प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको थियो।
सार्वजनिक बिदाका कारण मधेश प्रदेशका विभिन्न जिल्लासहित महोत्तरी जिल्लामा पनि मुस्लिम समुदायले विभिन्न धार्मिक कार्यक्रम आयोजना गरी ईद मिलादुन्नबी मनाएका छन्।
कार्यक्रमलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण आयोजक, सहभागी, स्थानीयवासी तथा सुरक्षाकर्मीहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
यस अवसरले समाजमा शान्ति, सद्भाव, आपसी भाइचारा र धार्मिक सहिष्णुता अझ मजबुत बनाउने विश्वास गरिएको छ।
