Aug 17, 2026 01:56 AM Asia/Kathmandu
ہمیں فالو کریں:
नवलपरासीमा जुलुस-ए-मोहम्मदी  सम्बन्धी महत्वपूर्ण बैठक

नवलपरासीमा जुलुस-ए-मोहम्मदी सम्बन्धी महत्वपूर्ण बैठक

नवलपरासीमा जुलुस-ए-मोहम्मदी  सम्बन्धी महत्वपूर्ण बैठक

शान्ति, सुरक्षा र अनुशासनका साथ जुलुस निकाल्ने सहमति — डीजे तथा अवाञ्छित गतिविधिमा प्रतिबन्ध

नवलपरासी, श्रावण ३१ गते।

 आगामी जुलुस-ए-मोहम्मदी  लाई मर्यादित, शान्तिपूर्ण, व्यवस्थित तथा भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले आज जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा ओला फाउन्डेसन नेपालको तर्फबाट एक महत्वपूर्ण बैठक आयोजना गरिएको छ। बैठकमा जुलुसका क्रममा शान्ति–सुरक्षालाई प्रभावकारी बनाउने, कुनै पनि प्रकारका अवाञ्छित तथा खुराफाती गतिविधि रोक्ने तथा डीजे, ठूलो आवाजमा बजाइने बाजागाजा लगायतका गतिविधिमा प्रतिबन्ध लगाउने विषयमा गम्भीर छलफल गरिएको छ। बैठकमा जिल्ला प्रहरी प्रमुख एसपी राम बहादुर के.सी. ज्यूको प्रमुख आतिथ्यता, हजरत मौलाना सिराज अहमद साहब निजामीको अध्यक्षता तथा नायब प्रहरी उपरीक्षक जनाब मदन थापा ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो।

बैठकमा सहभागी धार्मिक तथा सामाजिक जिम्मेवार व्यक्तिहरूले जुलुस-ए-मोहम्मदी  प्रेम, शान्ति, भाइचारा, अनुशासन र पैगाम-ए-रसूल  को सन्देश दिने धार्मिक कार्यक्रम भएकाले यसलाई कुनै पनि प्रकारको अशोभनीय गतिविधि, हुडदङ, खुराफात वा कानुनविपरीत कार्यबाट पूर्ण रूपमा मुक्त राख्दै अत्यन्त शान्तिपूर्ण र मर्यादित ढंगले निकालिनुपर्नेमा जोड दिएका छन्।

बैठकमा सर्वसम्मत रूपमा जुलुस-ए-मोहम्मदी  का क्रममा डीजे तथा ठूलो आवाजमा बजाइने बाजागाजामा प्रतिबन्ध लगाउने, कुनै पनि प्रकारका खुराफाती गतिविधिलाई प्रोत्साहन नगर्ने तथा जुलुसमा सहभागी सबैलाई प्रशासनले तोकेका नियम तथा कानुनको पूर्ण पालना गर्न आह्वान गर्ने निर्णय गरिएको छ।

यस अवसरमा उलमा फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष हजरत मौलाना सैयद गुलाम हुसैन मजहरी, केन्द्रीय सदस्य हजरत मौलाना मोहर्रम अली निजामी, हजरत मौलाना मोहम्मद उमर निजामी, हजरत मौलाना मुफ्ती नूर आलम, हजरत मौलाना मोहम्मद सबरे आलम अलीमी, हजरत मौलाना सैयद सद्दाम हुसैन, हजरत मौलाना अलाउद्दीन फैजी, हजरत मौलाना अहमद राजा, हजरत मौलाना मोहम्मद हसन अलीमी, हजरत मौलाना ताजुद्दीन, हजरत मौलाना जैनुल आबेदीन, हजरत मौलाना सकलैन, हजरत मौलाना रहीमुद्दीन, हजरत मौलाना अब्दुल कुद्दुस, हजरत मौलाना महमूद फैजी, हजरत मौलाना जाफर अली, हजरत मौलाना खुशबू उद्दीन निजामी, हजरत मौलाना रियाजुद्दीन, हजरत मौलाना अब्दुल रहमान, हजरत मौलाना मुख्तार, हजरत मौलाना सदारत अली, हजरत मौलाना इरशाद, हजरत मौलाना अब्दुल गफ्फार, हजरत मौलाना शहादत हुसैन लगायत ठूलो संख्यामा उलमा-ए-किरामको सहभागिता रहेको थियो।

त्यसैगरी जनाब कासिद अली, जनाब आफताब आलम उर्फ मुन्ना, जनाब हाजी निजामुद्दीन, जनाब नूर आलम, जनाब नजीर मियाँ गोपीगंज, जनाब वैस मोहम्मद, जनाब बिस्मिल्लाह अंसारी, जनाब जहीर खान, जनाब साकिर, जनाब जावेद अख्तर, जनाब मोहम्मद निसार, मुबारक पठान, जनाब मकसद मंसूरी, जनाब सज्जाद अहमद, जनाब अब्दुल रज्जाक, जनाब मिसबाहुद्दीन, हजरत हाफिज तसव्वर, जनाब अनवर प्रधान, जनाब जावेद आलम साहब जनाब अब्दुल मजीद, जनाब मास्टर शमशाद, जनाब शहाबुद्दीन पुसौली, जनाब राजू दीवान, जनाब लियाकत, जनाब सिद्दीक कुजडा, जनाब वीरबल, जनाब इशराक, जनाब बिलाल अहमद, जनाब मास्टर सरताज, जनाब महबूब आलम, जनाब अफरोज आलम, जनाब लियाकत अली, जनाब मुफ्ती अरशद, जनाब मंजूर, जनाब फिरोज, जनाब हुसैन पत्रकार लगायत थुप्रै सामाजिक तथा धार्मिक जिम्मेवार व्यक्तिहरूको सहभागिता रहेको थियो।

बैठकमा सहभागी सम्पूर्ण जिम्मेवार व्यक्तिहरूले प्रशासनसँग पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जुलुस-ए-मोहम्मदी  लाई नवलपरासीको धरतीमा अमन, शान्ति, भाइचारा तथा धार्मिक सद्भावको उत्कृष्ट सन्देश दिने कार्यक्रमका रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

बैठकको मुख्य सन्देश रहेको छ—आशिकाने रसूल ﷺ जुलुसमा सहभागी भएर मोहब्बत-ए-रसूल को इजहार गरौँ, तर कानुन, शान्ति, अनुशासन र सामाजिक सद्भावको हरहालमा सम्मान गरौँ। प्रशासन तथा धार्मिक नेतृत्वबीच भएको यस महत्वपूर्ण बैठकले आगामी जुलुस-ए-मोहम्मदी  लाई शान्तिपूर्ण, व्यवस्थित, मर्यादित तथा अनुशासित रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गरेको छ।

Abdul Jabbar Alimi

عبدالجبار علیمی نیپالی۔

چیف ایڈیٹر (9701714929) (8795979383)