नेपालमा किन यस्ता घटनामा सधैँ हिन्दु र मुस्लिमको नाम मात्र आउँछ ?
अहमद खान :रुपन्देही नेपाल
प्रेस रिलीज
नेपाल उर्दू टाइम्स
धनुषामा जिल्ला म मुस्लिम समुदायलाई लक्षित गरी मस्जिदमा तोडफोड गरिनु र मुस्लिमहरूले आस्था राख्ने पवित्र ग्रन्थ कुरआन जलाइनु अत्यन्त दुःखद र निन्दनीय घटना हो। यस्तो कार्य कत्तिको उचित हो ? अझ दुःखको कुरा के छ भने, अहिलेसम्म यस घटनाबारे हाम्रा केही पत्रकार साथीहरूबाट पनि “यो गलत हो” भन्ने स्पष्ट आवाज सुनिन सकेको छैन।
केही दिनअघि बङ्गलादेशमा भएको घटनालाई लिएर हामी सबैले खुलेर विरोध गरेका थियौँ। त्यसैगरी यदि रामायण वा गीता जलाइयो भने पनि त्यो उत्तिकै गलत हुन्छ—यो मेरो स्पष्ट धारणा हो। त्यसैले, गल्ती गर्ने जुनसुकै समुदायका भए पनि उनीहरूमाथि कानुनअनुसार कारबाही हुनैपर्छ। यदि हिजो मुस्लिम धर्मग्रन्थ कुरआन जलाइन्छ भने, भोलि अरूको धर्मग्रन्थ पनि आवेशमा अरु कोहीले आएर जलाउन सक्छ। यसले समाजमा ठूलो द्वन्द्व निम्त्याउन सक्छ। एकआपसमा मिलेको समुदाय मा फुट मात्र पैदा हुन्छ। त्यसैले, हामी सबै समयमै सजग भई अपराधीलाई सजाय दिलाउन एकजुट हुनु अत्यन्त आवश्यक छ। अब हामी हिन्दु–मुस्लिम सबै मिलेर गलत काम गर्ने जो–कोहीलाई सजाय दिलाउन अग्रसर हुनुपर्छ—
यही मेरो विनम्र अनुरोध हो। मलाई अर्को कुराले पनि गहिरो पीडा दिएको छ—नेपालमा किन यस्ता घटनामा सधैँ हिन्दु र मुस्लिमको नाम मात्र आउँछ ? यहाँ बौद्ध धर्मावलम्बीहरू पनि छन्, तर इतिहास साक्षी छ, अहिलेसम्म त्यस्तो घटना देखिएको छैन।
अस्ति बङ्गलादेशमा हिन्दु भाइ लाई जलाइँदा हामी मुस्लिमहरूले खुलेर विरोध गरेका थियौँ। तर हिजो आफ्नै नेपालमा यस्तो घटना हुँदा पनि केही हिन्दु दाजुभाइहरूले गलतलाई गलत भन्न नसक्नु दुःखद छ। त्यसपछि फेरि हामी कुन मुखले न्याय र मानवताको कुरा गर्ने ? म यो पोस्ट हिजो नै गर्न सक्थेँ, तर जानाजानी केही समय पर्खिएँ—हाम्रो हिन्दु–मुस्लिम एकता कति बलियो छ भनेर बुझ्नका लागि।
यदि हामी साँच्चै लुम्बिनीलाई राम्रो र शान्त बनाउने हो भने, गलतलाई गलत र सहीलाई सही भन्न सक्ने साहस सबैमा हुनुपर्छ। म सधैँ भन्छु—हिन्दु समुदायमाथि अन्याय हुँदा पनि म आवाज उठाकै छु । आज मेरो धर्मग्रन्थ कुरआन जलाइँदा पनि म चुप बस्न सक्दिनँ। र मलाई विश्वास छ मेरा अरु समुदायका साथीहरू ले यस्ता आतङ्ककारी र आपराधिक कार्य गर्ने व्यक्तिहरूलाई कानुनअनुसार कडा भन्दा कडा सजाय हुनैपर्छ— भन्ने आवाज उठाउने छन् यही नै मेरो स्पष्ट माग हो। जय लुम्बिनी
